प्रिओपन सेसनमा साढे तीन अङ्कको वृद्धि
आज प्रिओपन सेसनमा नेप्से ३.६ अंकले बढेको छ।
मंगलबार केही अंकले घटेर १९२१.३१ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९२४.९१ मा खुलेको हो। ११० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १ लाख २१ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा निकै कम हो।
यस्तै, आजको टप गेनरमा सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट रहेको छ भने टप लुजरमा कोही पनि छैनन्। आज ११ कम्पनीको कारोबार हुँदा १० कम्पनी बढेर कारोबार भएका छन्। #premarket
Comments