बेस्ट फाइनान्सले माग्यो शाखा प्रबन्धक

बेस्ट फाइनान्स कम्पनी लिमिटेडले लगनखेल शाखाका लागि शाखा प्रबन्धकको खोजी गरिरहेको छ। बैंकिङ क्षेत्रमा उत्कृष्टता हासिल गर्ने जोश राख्ने आत्म-प्रेरित, दक्ष, गतिशील र परिणाममुखी नेपाली व्यक्तिहरूबाट आवेदनहरू आह्वान गरेको हो।

पद: शाखा प्रबन्धक

पद संख्या: १

योग्यता: मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन/अर्थशास्त्रमा स्नातक वा समकक्ष डिग्री।

अनुभव: बैंकिङ क्षेत्रमा न्यूनतम ४ वर्षको अनुभव, क्रेडिट, व्यवसाय विकास र शाखा व्यवस्थापनमा केन्द्रित अनुभव भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ।

[email protected] मा सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र आफ्नो आवेदन र बायोडाटा पठाउन अनुरोध गरिएको छ ।

Comments

Back to top