प्रिओपन सेसनमा साढे दुई अङ्कको वृद्धि 

आज प्रिओपन सेसनमा नेप्से २.४ अंकले बढेको छ।

सोमबार केही अंकले घटेर १९३३.३३ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९३५.५३ मा खुलेको हो। ४८५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ६ लाखको बराबरको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा निकै कम हो।

यस्तै, आजको टप गेनरमा सानिमा माई हाइड्रो पावर रहेको छ भने टप लुजरमा एनएमबी बैंक रहेको छ। आज १६ कम्पनीको कारोबार हुँदा १० कम्पनी बढेर कारोबार भएका छन्। #premarket

Comments

Back to top