समृद्धि फाइनान्सको लिलामी सेयरमा परेको शिलबन्दी बोलपत्र आज खोलिँदै

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामी सेयरको गोप्य शिलबन्दी बोलपत्र आज मंगलबार असार १४ गते खोलिने भएको हो । कम्पनीले असार १ गतेदेखि ९ गतेसम्म ७ लाख ७२ हजार ६६६ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको थियो ।

उक्त अवधिमा प्राप्त भएका बोलपत्र मंगलवार बिहान ९ बजे विओके क्यापिटल मार्केट लिमिटेड नारायणचौर, नक्सालमा खोलिने कम्पनीले जानकारी दिएको छ।यस कम्पनीको बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Comments

Back to top