नेप्से इन्ट्राडे अपडेट: १७ अङ्कको वृद्धि !

आज नेप्से बजार केही अङ्कले बढेको छ।

सुरुवातबाटै बढेको नेप्से बीचमा घटेर १ बजेसम्म १९७० को नजिक आएको छ। १७.१७ अंकले बढेर नेप्से परिसूचक १९७४.१५ मा आएको हो । आज २ घण्टामा लगभग १ अर्बको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा न्यादी हाइड्रो पावर रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा तारागाउँ रिजेन्सी होटेल रहेको छ जसले ५.४४% गुमाएको छ । #nepseintraday

Comments

Back to top