धेरै पछि प्रिओपन सेसनमा ऐतिहासिक कारोबार !
आज प्रिओपन सेसनमा नेप्से १०.३२ अंकले बढेको छ।
आइतबार भारी अंकले बढेर १९५६.९९ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९६७.३० मा खुलेको हो। ७०७७ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब २७ लाखको बराबरको कारोबार भएको छ। यो कारोबार रकम गत शुक्रबारको तुलनामा निकै बढी हो।
यस्तै, आजको टप गेनरमा आई एम ई जनरल इन्स्योरेन्स रहेको छ भने टप लुजरमा राधी विद्युत कम्पनी रहेको छ। आज ४४ कम्पनीको कारोबार हुँदा ३७ कम्पनी बढेर कारोबार भएका छन्। #premarket
Comments