१९ बुँदे सम्झौताले निकास निस्किने देखेपछि लगानीकर्ता उत्साहित, ९५ अङ्कको वृद्धि !

आज आइतबार ९४.९२ अंकले बढेर ५.१०% वृद्धिको साथ नेप्से परिसूचक १९५६.९९ अंकमा बन्द भएको छ। कारोबार भएका २३० कम्पनीमध्ये १९५ कम्पनी उकालो लागेका छन्।

कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

बजार पुँजीकरण बढेर २७ खर्ब ९० अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: June 26, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः३२८) जसले बजारमा भोलाटाइलिटी घटेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड भन्दा केही तल १९५६.९९ मा बन्द भएको छ। आज बजारमा खरिद धेरै बढेको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन बढेर जिरो लाइन  भन्दा तल  -८६.९२ मा आएको  देखाउँछ। हिस्टोग्राम बढेर पोजेटिभ १.९१ मा आएको छ। एमएसिडी लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल निरन्तर गईरहेको थियो तर आजबाट माथि फर्केको छ।  सिग्नल लाइन बढेर जिरो लाइन भन्दा तल  – ८८.८३ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा खरिदकर्ताको मोमेन्टम बढेको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन माथि र  -१४ डिएमआई लाइन तल फर्किएका छन्। सिग्नल लाइनले -१४ डिएमआई लाइनलाई क्रस गरेर माथितर्फ बढीरहेको थियो तर आज तल झुकेको छ । +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल गईरहेको थियो तर आज सिधा माथि बढेको छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा खरिद बढेको जनाउँछ।

४. क्यान्डलस्टिक

आज नेप्सेले बुलिश क्यान्डल बनाएको छ जसले बजारमा खरिदकर्ता बढेको सङ्केत गर्छ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: June 26, 2022

क्युमुलेटिभ एडी लाइन –६७७१ देखि बढेर –६५७६ मा आएको छ। नेप्सेको कुल भोल्युम ५८१३१०३ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(३१९६०७५)  को १८२ प्रतिशत देखिएको छ।

नेप्से आज मिडल  ब्याण्डभन्दा तल १९५६.९९ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल –८६.९२ मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन भन्दा तल – ८८.८३ मा देखिएको छ  भने हिस्टोग्राम हिजो भन्दा बढेर १.९१ मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम बढेको देखाउँछ।

+१४ डिएमआई लाइन माथि र  -१४ डिएमआई लाइन तल फर्किएका छन्। सिग्नल लाइनले -१४ डिएमआई लाइनलाई क्रस गरेर माथितर्फ बढीरहेको थियो तर आज तल झुकेको छ । +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल गईरहेको थियो तर आज सिधा माथि बढेको छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा खरिद बढेको देखिन्छ। आज आरएसआइ २६.०८ बाट बढेर ४०.९६ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम बढेको र बजार ओभर सोल्ड जोनमा निस्केको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १८३० को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २०१५ को एरिया रहेको देखिन्छ।#nepsetech

Comments

Back to top