प्रिओपन सेसनमा १.४१ अङ्कको वृद्धि  !

आज प्रिओपन सेसनमा नेप्से १.४१ अंकले बढेको छ।

शुक्रबार १४ अंकले बढेर १८६२.०६ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८६३.४६ मा खुलेको हो। ११४० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३ लाख २८ हजारको बराबरको कारोबार भएको छ। यो कारोबार रकम गत शुक्रबारको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा अपि पावर रहेको छ भने टप लुजरमा नारायणी डेभलप्मेंट बैंक रहेको छ। आज १५ कम्पनीको कारोबार हुँदा ११ कम्पनी बढेर कारोबार भएका छन्। #premarket

Comments

Back to top