नेप्से इन्ट्राडे अपडेट: २६ अंकको गिरावट !

आज नेप्से बजार भारी अङ्कले घटेको छ।

सुरुवातमा केही बढेको नेप्से १ बजेसम्म २००० को नजिक आएको छ। २६.४६ अंकले घटेर नेप्से परिसूचक २००५.७६ मा आएको हो । आज २ घण्टामा लगभग ४८ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलना केही बढी हो।

यस्तै, आजको टप गेनरमा युनीलिभर नेपाल रहेको छ जसको १.९९% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा तेह्रथुम पावर कम्पनी रहेको छ जसले ७.२३% गुमाएको छ । #नेप्से इन्ट्राडे

Comments

Back to top