ओभर सोल्ड जोनमा पनि बेच्न बाध्य लगानीकर्ता, साताको पहिलो कारोबार दिन पनि नेप्से १५ अङ्कले घट्यो
आज सोमबार १५.८२ अंकले घटेर ०.७७% गिरावटको साथ नेप्से परिसूचक २०३२.३४ अंकमा बन्द भएको छ। कारोबार भएका २३० कम्पनीमध्ये ४५ कम्पनी उकालो लागेका छन्, १४३ कम्पनी ओरालो लागेका छन् भने ७ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
बजार पुँजीकरण घटेर २८ खर्ब ९५ अर्ब पुगेको छ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः३३६) जसले बजारमा भोलाटाइलिटी केही घटेको इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड भन्दा माथि २०३२.३४ मा बन्द भएको छ। आज बजारमा बिक्रीकर्ता हावी भएको देखिन्छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन घटेर जिरो लाइन भन्दा तल -७८.६३ मा आएको देखिन्छ। हिस्टोग्राम बढेर नेगेटिभ ४.५७ मा आएको छ। एमएसिडी लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल निरन्तर गईरहेको थियो तर अब माथि फर्किन लागेको देखिन्छ। सिग्नल लाइन घटेर जिरो लाइन भन्दा तल – ७४.०७ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा बिक्रीकर्ताको मोमेन्टम घटेको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन तल र -१४ डिएमआई लाइन पनि तल फर्किन लागेको छ। सिग्नल लाइन सिधा माथितर्फ बढीरहेको थियो तर आज माथि फर्किने मोमेन्टम घटेको छ। +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल गईरहेको छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा बिक्रीदर घटेको जनाउँछ।
४. क्यान्डलस्टिक
आज नेप्सेले बियरिश क्यान्डल बनाएको छ जसले बजारमा बिक्रीकर्ता हावी भएको सङ्केत गर्छ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन – ५९९४ देखि घटेर – ६०९२ मा आएको छ।
नेप्से आज लोवर ब्याण्डभन्दा माथि २०३२.३४ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल – ७८.६३ मा आएको छ र सिग्नल लाईन पनि जिरो लाइन भन्दा तल –७४.०७ मा देखिएको छ भने हिस्टोग्राम हिजोभन्दा बढेर –४.५७ मा पुगेको छ जसले बजारमा बिक्रीकर्ताको मोमेन्टम कम भएको देखाउँछ।
+१४ डिएमआई लाइन तल र -१४ डिएमआई लाइन पनि तल फर्किन लागेको छ। सिग्नल लाइन सिधा माथितर्फ बढीरहेको थियो तर आज माथि फर्किने मोमेन्टम घटेको छ। +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल गईरहेको छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा बिक्रीदर घटेको देखाउँछ। आज आरएसआइ ३०.२६ बाट घटेर २९ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम घटेको र बजार ओभर सोल्ड जोनमा फसेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १९८० को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २११० को एरिया रहेको देखिन्छ।#nepsetech
Comments