लाइफ-पार्टनरसँग झगडा पर्दा सम्बन्ध बिग्रन नदिन ख्याल राख्नु पर्ने कुराहरु
मानिसहरु विभिन्न विचारधाराका हुन्छन्। फरक विचारधाराबीच कहिलेकाहीँ मतभेद हुनु स्वभाविक कुरा हो। विशेष गरी वैवाहिक जाेडीबीज झगडा भइरहन्छ। लडाइ-झगडा गर्दा मानिसहरुले निकै कडा र तिखा शब्द प्रयाेग गर्छन् जसका कारण सम्बन्ध झन् बिग्रिएर जाने गर्दछ। सम्बन्धमा सत्यता हुन आवश्यक छ। धेरै खुल्लापन हुनु पनि सम्बन्धका लागि खराब हुने गर्छ। ज्यादा खुल्लापनले पनि पार्टनरसँग झगडाकाे वतावरण बन्ने गर्छ।
पार्टनरसँग झगडा पर्दा यी कुरामा ध्यान दिनुपर्छ जसले गर्दा सम्बन्ध सुधारियोस्:
१. आफ्नाे पार्टनरसँगको कुराकानीलाई महत्त्वका साथ लिने गर्नुहाेस्। उनका कुरा बुझ्ने प्रयास गर्नुहाेस्। यदि पार्टनरको कुरा मन नपरे हाेस नगुमाउनुहाेस्, धैर्य गर्नुहाेस्। यस्ताे अवस्थामा जथाभावी बाेल्नाले सम्बन्ध सँधैभरिलाई खराब हुनसक्छ।
२. कुरा चित्त नबुझे रिस उठ्नु स्वभाविक हाे तर अपशब्द प्रयाेग गर्नबाट भने परै रहनुहाेस्।
३. पुराना कुराहरूलाई सम्झेर एक अर्कालाइ दाेषाराेपण नगर्नुहाेस्। आजको समस्या के हो त्यसमा कुरा गर्नुपर्छ ।
४. घरका अन्य परिवारलाई झगडामा तान्नु ठुलाे गल्ती हुन्छ। एक अर्काकाे परिवारलाई तुलना गरी झगडा गर्नु गलत हुन्छ।
५. कुनै कुरालाई इग्नाेर गर्ने बानी पनि राख्नुपर्छ। साना-साना कुरामा प्रतिक्रिया दिनु पनि कहिलेकहीँ उचित रहँदैन।
६. झगडा पर्न थाल्दा मुड फ्रेश गर्न एकछिन बाहिर खुला हावामा निस्किनुपर्छ र लामो सास फेर्नुपर्छ ।
७. घरको झगडा घरभित्रै सुल्झाउन ठीक हुन्छ । बाहिर निस्किए घाउमा नून छर्किनेहरुको कमी हुँदैन ।
८. झगडा पर्दा पहिला पार्टनरको दृष्टिकोणबाट हेर्नुपर्छ, त्यसपछि करुणा देखाउन पर्छ, आफ्नो गल्ती पनि छ की हेर्नुपर्छ । यी सबै गर्दा पनि भएन भने केही समय छुट्टिएर बस्नुपर्छ । सम्बन्ध सुधार्न दुबैले चाहे सम्बन्ध मिलिहाल्छ ।
Comments