नेप्सेको साप्ताहिक प्राविधिक विश्लेषण

गत साता ६.५२% ले घटेको नेप्से यो साता १.४७% ले घटेको छ। यस साताको पहिलो कारोबार दिन सोमबार २०७९.६० को बिन्दुमा खुलेको नेप्से २११५.५९ को उच्च  बिन्दुसम्म पुगेको थियो।  नेप्सेले यस साता  करिब ३१ अंक गुमाउन पुग्यो। हप्ताको अन्तिम कारोबार दिन शुक्रबार लगभग १४ अंक घटेर नेप्से २०४८.१६ मा बन्द भएको छ।  

साताभरिमा माइक्रो फाइनान्स र ट्रेडिंग बाहेक अरु ११ उप-समुहहरु ओरालो लागेका छन् ।

यस साताको टप गेनर्स (Top Gainers)

यस साताको टप लुजर्स (Top Losers)

यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Volume )

टप ब्रोकर

प्राविधिक विश्लेषण

NEPSE WEEKY UPDATE: JUNE 11, 2022

अघिल्लो साता बियरिश क्यान्डल बनाउँदै ओरालो  लागेको नेप्सेले यस साता बियरिश डोजी क्यान्डल बनाएको देखिन्छ जसले बजारको दिशा निश्चित नभएको जनाउँछ। यस साताको क्लोजिंग लोवर ब्याण्ड भन्दा माथि भएको छ तर ब्याण्ड भने फराकिलो हुँदै गएको देखिन्छ जसले बजारमा उतारचढाव बढी हुन लागेको जनाउँछ। एमएसिडि लाईन घटेर जिरो लाइन भन्दा तल – १४९.८५ मा आएको छ र हिस्टोग्राम घटेर -४३.५१ मा पुगेको छ जसले बजारमा बिक्री बढेको देखाउँछ ।  सिग्नल लाईन पनि घटेर जिरो लाईन भन्दा तल -१०६.३३ मा आएको छ। -१४ डिएमआई लाईन +१४ डिएमआई लाईन भन्दा माथि रहेको देखिन्छ र +१४ डिएमआई लाईन तल फर्किएको छ जसले खरिदकर्ता बढ्न थालेको बुझाउँछ। आरएसआइ ३१.२८ बाट घटेर ३०.४३ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम घटेको देखिन्छ ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २०२० को एरिया हुन्छ भने  नेप्सेको आगामी दिनको अवरोध २१२० को एरिया देखिन्छ।#nepseweekly

Comments

Back to top