नेप्से इन्ट्राडे अपडेट: १७ अंकको वृद्धि !

आज नेप्से बजार केही अङ्कले बढेको छ।

सुरुवातदेखि नै बढेको नेप्से १ बजेसम्म २१०० को नजिक आएको छ। १६.६५ अंकले बढेर नेप्से परिसूचक २०९७.१० मा आएको हो । आज २ घण्टामा लगभग ७० करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा धेरै हो।

यस्तै, आजको टप गेनरमा बलेफी हाइड्रो पावर रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ जसले ५.८२% गुमाएको छ । #नेप्से इन्ट्राडे

Comments

Back to top