आन्दोलनका कार्यक्रमहरु थप सशक्त बनाउन माइतीघर मण्डलामा ३ बजे जुट्दै लगानीकर्ता

नेप्से परिसरमा आन्दोलन गर्ने क्रममा पक्राउ परेका लागानीकर्ताहरु रिहा भएका छन् । मंगलबार पूँजी बजार सुधारका लागि विभिन्न माग राख्दै आन्दोलन गर्ने क्रममा पक्राउ परेका लगानीकर्ताहरु रिहा भएका हुन् ।

पुँजी बजार सुधार र विकास संर्घष समितिका संयोजक तिलक कोइराला सहित अन्य चार लगानीकर्ता रिहा भएका हुन् ।

सेयर बजार सुधारका लागि दबाव दिँदै आएका लगानीकर्ताहरुले पक्राउ परेपछि सिहदरबार प्रहरी परिसर भित्रैबाट अनसन शुरू गरेका थिए ।

संयोजक कोइरालाले आमरण अनसन र पक्राउ परेका नवराज उप्रेती, सिताराम संजेल, नानी बाबु खरेल र पासाङ शेर्पा रिले अनसन बसिरहेका छन् ।

पक्राउ परेका लगानीकर्ताहरू रिहा भएपछि लगानीकर्ताहरुले आन्दाेलनकाे कार्यक्रमहरुलाई थप शसक्त बनाउने भएका छन् । आज ३ बजे माइतीघर मण्डलामा बजार हितका लागि उठाईएका १९ बुँदे मागहरुलाई पुरा गर्नको लागि सरोकारवाला निकायलाई दबाव दिने सर्घष समितिको तयारी छ ।

Comments

Back to top