तोरीको तेल या रिफाइन्ड तेल: स्वास्थ्यको लागि कुन राम्रो?

खाना पकाउन विभिन्न प्रकारका तेल प्रयोग गरिन्छ। नेपालको कुरा गर्ने हो भने यहाँ तोरीको तेल र रिफाइन्ड तेलको प्रयोग बढी हुन्छ । यी दुबै तेलको आफ्नै छुट्टै स्वाद र फाइदा अनि हानि छन्। पुरानो समयमा तोरीको तेल बढी प्रयोग हुने गरेको भए पनि पछिल्ला केही दशकयता प्रशोधित तेलको प्रयोग निकै बढेको देखिन्छ ।

बजारमा खाना पकाउने तेलको बारेमा धेरै हल्लाहरु सुनिन्छन्। कतिपयले तोरीको तेल स्वास्थ्यका लागि हानिकारक हुने र मोटो बनाउन सक्ने भनिरहेका छन् भने केही अध्ययनहरूले यसलाई मुटुको स्वास्थ्यका लागि फाइदाजनक हुने दाबी गरेका छन् ।

स्वास्थ्यका दृष्टिकोणबाट कुरा गर्दा प्रश्न उठ्छ कि स्वास्थ्यका लागि कुन तेल फाइदाजनक छ । आजकल मानिसहरु बढ्दो रोग तथा मोटोपनबारे सचेत भएका छन् र उनीहरु आफूले प्रयोग गरिरहेको तेल स्वास्थ्यका लागि राम्रो छ कि छैन भनेर जान्न चाहन्छन् । आउनुहोस् हामी पनि जानौँ यी दुईमध्ये कुन तेल स्वास्थ्यको लागि उत्तम छ।

परिष्कृत तेल र तोरीको तेल बीचको भिन्नता

रिफाइन्ड तेल फ्याक्ट्रीमा परिष्कृत गरी बनाइएको तेल हो । यसलाई रासायनिक रूपमा बिरुवा वा बनस्पतीबाट प्राप्त गरिन्छ भने दाना पेलेर तोरीको तेल प्राप्त गरिन्छ।

तोरीको तेल र परिष्कृत तेलमा पोषण

फ्याट सेक्रेटका अनुसार १०० ग्राम तोरी र रिफाइन्ड तेलमा ८ सय ८४ किलो क्यालोरीका साथै १०० ग्राम फ्याट हुन्छ । तोरीको तेलमा स्याचुरेटेड फ्याट १४.४ ग्राम र रिफाइन्डमा ११.५८२ ग्राम हुन्छ भने मोनोअनस्याचुरेटेड फ्याट क्रमश: २३.३ ग्राम र ५९.१८७ ग्राम हुन्छ। यदि हामी पोलिअनस्याचुरेटेड फ्याटको कुरा गर्छौं भने तोरीको तेलमा ५७.९ ग्राम र रिफाइन्डमा २१.२३ ग्राम हुन्छ।

सूक्ष्मजीवहरूको वृद्धिलाई रोक्न मद्दतगार

तोरीको तेलमा हुने एन्टी-माइक्रोबियल गुणका कारण शरीरमा हानिकारक ब्याक्टेरियाको वृद्धि हुनबाट रोक्छ। एनसीबीआईमा प्रकाशित एक अनुसन्धानले निष्कर्ष निकालेको छ कि अन्य एन्टी-माइक्रोबियल तेलहरूको तुलनामा तोरीको तेल रोगजनक ब्याक्टेरियाको वृद्धिलाई रोक्न सबैभन्दा प्रभावकारी छ।

रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोगी

तोरीको तेलमा पाइने मोनोअनस्याचुरेटेड फ्याटी एसिडले ट्राइग्लिसराइडको स्तर घटाएर रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र मुटुसम्बन्धी रोगहरूबाट बचाउन सक्ने एनसीबीआईले गरेको अध्ययनले निष्कर्ष निकालेको छ ।

छाला र कपालको स्वास्थ्य प्रवर्द्धन

तोरीको तेल छाला र कपालको लागि राम्रो छ किनकि यसले छालाको तन्तुहरूलाई बलियो बनाउँछ। एनसीबीआईले गरेको एक अध्ययनले तोरीको तेलले मसाज गर्दा बालबालिकाको छालामा सुधार हुने निष्कर्ष निकालेको छ ।

क्यान्सर रोक्न मद्दतगार

एनसीबीआईको अध्ययनले तोरीको दानामा एलाइल आइसोथियोसाइनेट भरिएको देखाएको छ, जसले क्यान्सरको केही प्रकारको वृद्धिलाई कम गर्न सक्छ। यसले शरीरमा क्यान्सर कोशिकाहरूको वृद्धिलाई रोक्न मद्दत गर्न सक्छ।

शरीर फुल्लिन/सुन्निन कम गर्ने
अध्ययनका अनुसार तोरीको तेलमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ जसका कारण आमबातको लक्षणबाट छुटकारा पाउन सकिन्छ । यसमा ओमेगा-३ फ्याटी एसिड पनि हुन्छ जसले शरीरलाई अक्सिडेटिभ तनाव कम गर्न र सुन्निने समस्यालाई धेरै हदसम्म कम गर्छ।

Comments

Back to top