प्रिओपन सेसनमा ०.६३ अङ्कको गिरावट !
आज प्रिओपन सेसनमा नेप्से ०.६३ अंकले घटेको छ।
सोमबार केही अंकले घटेर २०६५.७८ मा बन्द भएको नेप्से आज प्रिओपनमा २०६५.१९ मा खुलेको हो। ३८५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ६५ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा निकै कम हो।
यस्तै, आजको टप गेनरमा नारायणी डेभ्लपमेन्ट बैंक रहेको छ। आज प्रिओपन सेसनमा ४ कम्पनीको खरिदबिक्री हुँदा १ कम्पनीको मात्र बढेर कारोबार भएको छ।#premarket
Comments