लगानीकर्ता आन्दोलनतिर, सेयर बजार २००० तर्फ !
आज सोमबार १२.९२ अंकले घटेर ०.६२% गिरावटको साथ नेप्से परिसूचक २०६५.७८ अंकमा बन्द भएको छ। कारोबार भएका २२८ कम्पनीमध्ये ८७ कम्पनी उकालो लागेका छन्, ९७ कम्पनी ओरालो लागेका छन् भने १२ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका ६ उप-समुहबाहेक बाँकी ७ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
बजार पुँजीकरण घटेर २९ खर्ब ४१ अर्ब पुगेको छ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः३२३) जसले बजारमा भोलाटाइलिटी ज्यादै बढेको इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड भन्दा अलिकति माथि २०६५.८२ मा बन्द भएको छ। आज बजारमा बिक्रीकर्ता र खरिदकर्ताबीच होडबाजी हुँदा बिक्रीकर्ता हावी भएको देखिन्छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन घटेर जिरो लाइन भन्दा तल -७४.५० मा आएको देखिन्छ। हिस्टोग्राम घटेर नेगेटिभ १०.०८ मा आएको छ। एमएसिडी लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल निरन्तर गईरहेको देखिन्छ। सिग्नल लाइन घटेर जिरो लाइन भन्दा तल – ६४.४३ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज बिक्रीको मोमेन्टम बढेको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन तल र -१४ डिएमआई लाइन माथिबाट तल फर्किन सिधा भएको छ। सिग्नल लाइन आज माथितर्फ बढीरहेको देखिन्छ। +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर निरन्तर तल गईरहेको छ। आज – १४ डिएमआई लाइनको माथि फर्किने मोमेन्टम घटेको छ जसले बजारमा बिक्री घट्न थालेको जनाउँछ।
४. क्यान्डलस्टिक
आज नेप्सेले बियरिश डोजी क्यान्डल बनाएको छ जसले बजारको दिशा निश्चित नभएको सङ्केत गर्छ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन -५७६३ देखि घटेर -५७७३ मा आएको छ। नेप्सेको कुल भोल्युम २९२१९८३ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(२९२८४६८) को १०० प्रतिशत देखिएको छ।
नेप्से आज लोवर ब्याण्ड भन्दा थोरै माथि २०६५.८२ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल – ७४.५० मा आएको छ र सिग्नल लाईन पनि जिरो लाइन भन्दा तल -६४.४३ मा देखिएको छ भने हिस्टोग्राम हिजोभन्दा घटेर –१०.०८ मा पुगेको छ जसले बजारमा बिक्रीकर्ता हावी भएको देखाउँछ।
+१४ डिएमआई लाइन तल र -१४ डिएमआई लाइन माथिबाट तल फर्किन सिधा भएको छ। सिग्नल लाइन आज माथितर्फ बढीरहेको देखिन्छ। +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर निरन्तर तल गईरहेको छ। आज – १४ डिएमआई लाइनको माथि फर्किने मोमेन्टम घटेको छ जसले बजारमा बिक्री घट्न थालेको जनाउँछ। आज आरएसआइ २५.३८ बाट घटेर २४.४९ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम घटेको र बजार ओभर सोल्ड जोनमा अड्केको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २०२० को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २१२० को एरिया रहेको देखिन्छ।#nepsetech
Comments