लगानीकर्ताहरुको धितोपत्र बोर्डलाई १९ बुँदे ज्ञापनपत्र: पूरा गर्न सकिने माग संबाेधन गर्ने अध्यक्ष हमालको स्पष्टोक्ति
सेयर बजार निरन्तर गिरावट आएर टाट पल्टिने अवस्था आएपछि लगानीकर्ता आन्दोलित भएका छन् । नेपाल राष्ट्र बैंकले सेयर बजार खुम्च्याउने नीति ल्याएका कारण बजारमा अस्थिरता कायम भएको आरोप लगाउदै लगानीकर्ताहरु अन्दोलित भएका हुन् ।
नियमन निकायहरुले गर्नु पर्ने कामहरु गर्न नसकेको आरोप लगाँउदै उनीहरुले नेपाल धितोपत्र बोर्डमा १९ बुँदे ज्ञापनपत्र बुझाएका छन् । सेयर बजारको लागि सहि नीति नियम लागू गरेर बजारलाई प्रकृतिक रुपमा छाडिनु पर्ने उनीहरुको माग छ ।
लगानीकर्ताहरुले बुझाएका १९ बुँदा माग मध्ये १३ वटा माग बोर्डबाटै सम्बोधन हुने पूँजी बजार सुधार समितिका संयोजक तिलक कोइरालाको भनाई छ । बाँकी मागहरु भने राष्ट्र बैंक र मन्त्रालयसँग समन्वय गरेर माग सम्वाेधन गर्न सकिने समितिले जनाएको छ ।
बोर्डका अध्यक्ष रमेश कुमार हमालले आफ्नो तर्फबाट गर्न सकिने माग पुरा गर्न आफुहरु प्रतिवद्ध रहेको बताए । “पूरा गर्न सकिने खालका मागहरू संबाेधन गर्न हामी पहल गर्छौँ,” उनले भने ।
यसैगरि, अध्यक्ष हमालले राष्ट्र बैंक, बीमा समिति र अर्थमन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने जानकारी समेत गराए ।
Comments