सेयर बजार समस्याबारे गम्भीर बन्न गभर्नरलाई प्रधानमन्त्रीको ताकेता !
प्रधानमन्त्री शेरबहादुर देउवाले सेयर बजारमा देखिएको समस्या तत्काल समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् ।
नेपाल पूँजी बजार लगानीकर्ता संघका पदाधिकारी तथा सदस्यसँगको ज्ञापनपत्र बुझ्दै देउवाले फोन गरेर सेयर बजारको समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिएका हुन् ।
संघले प्रधानमन्त्रीसँग राष्ट्र बैंकले लिएको ४/१२ को नीति परिवर्तन गर्नुपर्ने,कर्जा निक्षेप अनुपात (सिडी रेसियो) को व्यवस्था परितर्वन गर्नुपर्ने भारित औसत दर १५० को सीमालाई परिवर्तन गरेर १०० मा पुर्याउनुपर्ने जस्ता माग राखेर प्रधानमन्त्री देउवालाई भेट्न पुगेका थिए । प्रधानमन्त्री देउवाले गभर्नरलाई सेयर बजारमा देखिएको समस्या समाधान गर्न संघसँगको सहकार्यमा नीति बनाउन र लगानीकर्ता समस्यामा परेको भन्दै गम्भीर भएर सोँच्न निर्देशन दिएका हुन् ।
Comments