बजेट र राष्ट्र बैंकको नीतिले साताभरि घट्यो नेप्से, प्राविधिक विश्लेषण सहित !
गत साता ०.५१% ले घटेको नेप्से यो साता ६.५२% ले घटेको छ। यस साताको पहिलो कारोबार दिन सोमबार २२२७ को बिन्दुमा खुलेको नेप्से २२३२ को उच्च बिन्दु सम्म पुगेको थियो। नेप्सेले यस साता करिब १४५ अंक गुमाउन पुग्यो। हप्ताको अन्तिम कारोबार दिन शुक्रबार लगभग ३४ अंक घटेर २०७८.७० मा बन्द भएको छ।
साताभरिमा सबै ११ उप-समुहहरु ओरालो लागेका छन् ।
यस साताको टप गेनर्स (Top Gainers)
यस साताको टप लुजर्स (Top Losers)
यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Volume )
टप ब्रोकर
प्राविधिक विश्लेषण
अघिल्लो साता बियरिश डोजी क्यान्डल बनाउँदै ओरालो लागेको नेप्सेले यस साता बियरिश क्यान्डल बनाएको देखिन्छ जसले बजारमा व्यापक बिक्री बढेको जनाउँछ। यस साताको क्लोजिंग लोवर ब्याण्ड भन्दा थोरै माथि भएको छ तर ब्याण्ड भने फराकिलो हुँदै गएको देखिन्छ जसले बजारमा उतारचढाव बढी भईरहेको जनाउँछ। एमएसिडि लाईन घटेर जिरो लाइन भन्दा तल -१३६.४२ मा आएको छ र हिस्टोग्राम घटेर -४०.९६ मा पुगेको छ जसले बजारमा बिक्री अत्याधिक बढेको देखाउँछ । सिग्नल लाईन पनि घटेर जिरो लाईन भन्दा तल -९५.४६ मा आएको छ। -१४ डिएमआई लाईन +१४ डिएमआई लाईन भन्दा माथि रहेको देखिन्छ र +१४ डिएमआई लाईन माथि फर्किएको छ जसले बिक्रीकर्ता बढेको बुझाउँछ। आरएसआइ ३५.७१ बाट घटेर ३१.२८ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम घटेको देखिन्छ ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २०२० को एरिया हुन्छ भने नेप्सेको आगामी दिनको अवरोध २१२० को एरिया देखिन्छ।#nepseweekly
Comments