नेप्से ‘ओभर सोल्ड जोन’ मै, ७ अङ्कको गिरावट !

आज बुधबार ७.१९ अंकले घटेर ०.३४% गिरावटको साथ नेप्से परिसूचक २१३०.७३ अंकमा बन्द भएको छ। कारोबार भएका २२७ कम्पनीमध्ये १०१ कम्पनी उकालो लागेका छन्, ८४ कम्पनी ओरालो लागेका छन् भने १० कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका ३ उप-समुहबाहेक अन्य १० उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

बजार पुँजीकरण घटेर ३० खर्ब ३३ अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: June 1, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः२३८) जसले बजारमा भोलाटाइलिटी बढेको  इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड भन्दा अलिकति माथि २१३०.७३ मा बन्द भएको छ। आज बजारमा बिक्री केही मात्रामा बढेको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन घटेर जिरो लाइन  भन्दा तल  -६३.१७ मा आएको  देखिन्छ। हिस्टोग्राम घटेर नेगेटिभ ५.१६ मा आएको छ। एमएसिडी लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल निरन्तर गईरहेको देखिन्छ।  सिग्नल लाइन घटेर जिरो लाइन भन्दा तल  -५८.०१ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज बिक्रीको मोमेन्टम बढेको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन र  -१४ डिएमआई लाइन दुबै तल फर्किएका छन्।  सिग्नल लाइन आज माथितर्फ बढीरहेको देखिन्छ। +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल गईरहेको थियो तर आज तल जाने गति मत्थर भएको देखिन्छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा बिक्री घटेको जनाउँछ।

४. क्यान्डलस्टिक

आज नेप्सेले डोजी क्यान्डल बनाएको छ जसले बजारको दिशा निश्चित नभएको सङ्केत गर्छ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: June 1, 2022

क्युमुलेटिभ एडी लाइन  -५५१३ देखि बढेर -५४९६ मा आएको छ। नेप्सेको कुल भोल्युम २४७१११८ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(२९५०४३३)  को ०.८४ प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्ड  भन्दा थोरै माथि २१३०.७१ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल – ६३.१७ मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन भन्दा तल -५८.०१ मा देखिएको छ  भने हिस्टोग्राम हिजोभन्दा घटेर – ५.१६ मा पुगेको छ जसले बजारमा बिक्रीकर्ता हावी भएको देखाउँछ।

+१४ डिएमआई लाइन र  -१४ डिएमआई लाइन दुबै तल फर्किएका छन्।  सिग्नल लाइन आज माथितर्फ बढीरहेको देखिन्छ। +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल गईरहेको थियो तर आज तल जाने गति मत्थर भएको देखिन्छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा बिक्री घटेको जनाउँछ। आज आरएसआइ २९.८३ बाट घटेर २९.२७ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम घटेको र बजार ओभर सोल्ड जोनमा बसीरहेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २०२० को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २२३० को एरिया रहेको देखिन्छ।#nepsetech

Comments

Back to top