लोवर ब्याण्डभन्दा पनि तल झर्यो नेप्से, ओभर सोल्ड जोनमा हुँदा पनि बिक्री घटेन !
आज मंगलबार ३५.५३ अंकले घटेर १.६३% गिरावटको साथ नेप्से परिसूचक २१३७.९२ अंकमा बन्द भएको छ। कारोबार भएका २२९ कम्पनीमध्ये १५ कम्पनी उकालो लागेका छन्, १७५ कम्पनी ओरालो लागेका छन् भने ५ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका १ उप-समुहबाहेक अन्य १२ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
बजार पुँजीकरण घटेर ३० खर्ब ४३ अर्ब पुगेको छ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः२३०) जसले बजारमा भोलाटाइलिटी बढेको इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड भन्दा मुनि २१३७.९२ मा बन्द भएको छ। आज बजारमा बिक्री ज्यादै बढेको देखिन्छ। लोवर ब्याण्डले पनि बजार नाथामेको अवस्था देखिन्छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन घटेर जिरो लाइन भन्दा तल -६०.०३ मा आएको देखिन्छ। हिस्टोग्राम घटेर नेगेटिभ ३.३१ मा आएको छ। एमएसिडी लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल गईरहेको देखिन्छ। सिग्नल लाइन घटेर जिरो लाइन भन्दा तल -५६.७२ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज बिक्रीको मोमेन्टम ज्यादै बढेको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन तल फर्किएको छ र -१४ डिएमआई लाइन सिधा माथितिर फर्किएको छ। सिग्नल लाइन आज माथितर्फ बढीरहेको देखिन्छ। +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल गईरहेको छ। आज – १४ डिएमआई लाइन माथि फर्किएको छ जसले बजारमा बिक्री धेरै बढेको जनाउँछ।
४. क्यान्डलस्टिक
आज नेप्सेले बियरिश क्यान्डल बनाएको छ जसले बजारमा बिक्री धेरै नै बढेको सङ्केत गर्छ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन -५३५३ देखि घटेर -५५१३ मा आएको छ। नेप्सेको कुल भोल्युम २९४६५८१ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(२९४२१५०) को १०० प्रतिशत देखिएको छ।
नेप्से आज लोवर ब्याण्ड भन्दा थोरै तल २१३७.९२मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल -६०.०३ मा आएको छ र सिग्नल लाईन पनि जिरो लाइन भन्दा तल -५६.७२ मा देखिएको छ भने हिस्टोग्राम हिजोभन्दा घटेर – ३.३१ मा पुगेको छ जसले बजारमा बिक्रीकर्ता हावी भएको देखाउँछ।
+१४ डिएमआई लाइन तल फर्किएको छ र -१४ डिएमआई लाइन सिधा माथितिर फर्किएको छ। सिग्नल लाइन आज माथितर्फ बढीरहेको देखिन्छ। +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल गईरहेको छ। आज – १४ डिएमआई लाइन माथि फर्किएको छ जसले बजारमा बिक्री धेरै बढेको जनाउँछ।आज आरएसआइ ३२.६९ बाट घटेर २९.८३ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम घटेको र बजार ओभर सोल्ड जोनमा बसीरहेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २०२० को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २२३० को एरिया रहेको देखिन्छ।#nepsetech
Comments