नेप्से इन्ट्राडे अपडेट: १८ अंकको गिरावट  !

आज पनि नेप्से बजार दोहोरो अंकले घटेको छ।

१ बजेसम्म नेप्से परिसूचक २१५० को नजिक आएको छ। १८.५३ अंकले घटेर नेप्से परिसूचक २१५४.९१ मा आएको हो । आज २ घण्टामा मात्र ४९ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा उपकार लघुवित्तीय संस्था रहेको छ जसको ४.०३% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ जसले ९.९८% गुमाएको छ । #नेप्से इन्ट्राडे

Comments

Back to top