केही बुँदामा पुँजी बजारलाई सम्बोधन गरेको बजेट
सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमा प्रत्यक्ष अप्रत्यक्षमा रुपमा सेयर बजारलाई सम्बोधन गरेको देखिएको छ । ठूला कम्पनीहरुलाई आइपिओ निष्काशनका लागि दिएको दबाबदेखि लिएर गैर आवासिय नेपालीलाई लगानी गर्ने कानुन बनाउनेसम्मका कार्यक्रम समावेश छन् ।
केहि समयदेखि चर्चामा रहेको विदेशमा भएका नेपालीलाई आइपिओ मार्फत आरक्षित गर्ने विषयलाई पनि बजेट मार्फत् सम्बोधन गरिएको छ । सरकारले प्रत्यक्ष र परोक्ष रुपमा पुँजीबजारलाई सम्बोधन गरेका विषयहरु यस प्रकार छन् ।
पुँजी बजारलाई सम्बोधन गरेका केही प्रत्यक्ष बुँदा:
१. ठूला कम्पनीले अनिवार्य रूपमा आईपिओ निष्काशन गर्नुपर्ने
२. विदेशमा भएका नेपालीलाई आईपिओमा १० % आरक्षण दिईने
३. गैरआवासिय नेपालीले लगानी गर्ने कानुन बनाईने
४. उद्यमशिलतालाई विकास गर्ने निजि प्राइभेट इक्वीटी तथा क्यापिटललाई संचालन अनुमति दिईने
५. लघुबीमा कार्यक्रम विस्तार गरिने
६. सरकारी ऋणपत्रलाई दोस्रो बजारमा ल्याइने
पुँजी बजारलाई सम्बोधन गरेका केही अप्रत्यक्ष बुँदा:
१.नयाँ व्यवस्थाले घरजग्गा कारोबारमा कठिन हुनाले साथै लाभकरको दायरा बढेको हुनाले धेरै व्यवसायी सेयरबजार आउन सक्ने सम्भावना
२. आयातमा कडाई हुनाले आयात गर्ने व्यवसायी मर्कामा पर्दा सेयरबजार आउन सक्ने सम्भावना
३. कृषि र उद्योगमा बढी प्राथमिकता दिनाले धेरै उद्योग व्यवसायीहरु पब्लिक कम्पनी बनाइ बजारबाट आईपिओ मार्फत् लागत उठाउनले अप्रत्यक्ष रूपमा पुँजी बजारको विकास हुने
Comments