बरुण हाइड्रोपावर र ङादी ग्रुप हकप्रद निष्काशनको तयारीमा, धितोपत्र बोर्डमा दिए निवेदन

बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । दुबै कम्पनीले केही समय अगाडी विद्युत नियमन आयोगबाट अनुमति पाएका थिए । ङादी ग्रुपले चुक्ता पूँजीको १५० प्रतिशत र बरुणले चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशनको लागि निवेदन दिएका हुन् ।

ङादीले एक अर्ब ६ करोड रुपैयाँको हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।यस कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । त्यस्तै बरुणले २६ करोड ७९ लाख रुपैयाँ हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा आरविवि मर्चेन्ट बैंकिङ रहेको छ ।

दुबै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाए पछि मात्रै हकप्रद सेयर जारी गर्ने बताएका छन्।

Comments

Back to top