नेप्सेको साप्ताहिक प्राविधिक विश्लेषण
गत साता ४.९% ले घटेको नेप्से यो साता पनि ०.५१% ले घटेको छ। यस साताको पहिलो कारोबार दिन सोमबार २२४१ को बिन्दुमा खुलेको नेप्से २२५० को उच्च बिन्दु सम्म पुगेको थियो। नेप्सेले यस साता करिब ११ अंक गुमाउन पुग्यो। हप्ताको अन्तिम कारोबार दिन शुक्रबार लगभग १६ अंक घटेर २२२३.७८ मा बन्द भएको छ।
साताभरिमा २ उप-समुहबाहेक बाँकी ११ उप-समुहहरु ओरालो लागेका छन् ।
यस साताको टप गेनर्स (Top Gainers)
यस साताको टप लुजर्स (Top Losers)
यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Units )
टप ब्रोकर
प्राविधिक विश्लेषण
अघिल्लो साता बियरिश माराबोजु क्यान्डल बनाउँदै ओरालो लागेको नेप्सेले यस साता बियरिश डोजी क्यान्डल बनाएको देखिन्छ जसले बजारको दिशा निश्चित नभएको जनाउँछ। यस साताको क्लोजिंग लोवर ब्याण्ड भन्दा माथि भएको छ तर ब्याण्ड भने फराकिलो हुँदै गएको देखिन्छ जसले बजारमा उतारचढाव बढी भएको जनाउँछ। एमएसिडि लाइन घटेर जिरो लाइन भन्दा तल -१२०.३९ मा आएको छ जुन अघिल्लो साता -११२ मा थियो र हिस्टोग्राम थोरै बढेर -३५.१८ मा पुगेको छ जसले बजारमा सेलिङ्ग घटेको देखाउँछ । सिग्नल लाइन पनि घटेर जिरो लाइन भन्दा तल -८५.२२ मा आएको छ। -१४ डिएमआई लाईन +१४ डिएमआई लाईन भन्दा माथि रहेको देखिन्छ र उक्त लाइन माथि फर्किएको छ जसले खरिदकर्ता बढ्न थालेको बुझाउँछ। आरएसआइ ३६ बाट घटेर ३५.७१ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम केही घटेको देखिन्छ ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २१९० को लेभल हुन्छ भने नेप्सेको आगामी दिनको अवरोध २२८० को लेबल हुन आउँछ।#nepseweekly
Comments