तीन दिन न्यून गतिमा बढेको नेप्सेमा समेत प्रोफिट बुकिंग, १६ अङ्कको गिरावट !
आज शुक्रबार १५.८२ अंकले घटेर ०.७१% गिरावटको साथ नेप्से परिसूचक २२२३.७८ अंकमा बन्द भएको छ। कारोबार भएका २२३ कम्पनीमध्ये ३८ कम्पनी उकालो लागेका छन्, १४६ कम्पनी ओरालो लागेका छन् भने ८ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका १ उप-समुहबाहेक बाँकी सबै १२ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
बजार पुँजीकरण घटेर ३१ खर्ब ६५ अर्ब पुगेको छ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः२२१) जसले बजारमा भोलाटाइलिटी घटेको इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड भन्दा माथि २२२३.७८ मा बन्द भएको छ। आज बजारमा खरिद कम भई बिक्री बढेको देखिन्छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन बढेर जिरो लाइन भन्दा तल -५३.४० मा आएको देखिन्छ। हिस्टोग्राम बढेर पोजेटिभ २.५० मा आएको छ। एमएसिडी लाइनले तलबाट माथि घुमेर सिग्नल लाइनलाई क्रस गरेर माथि जान लागेको देखिन्छ। सिग्नल लाइन बढेर जिरो लाइन भन्दा तल -५५.९० मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज बिक्रीको मोमेन्टम बढेको र खरिद घटेको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन केही तल फर्किएको छ र -१४ डिएमआई लाइन तलतिर निरन्तर गईरहे पनि आज मोमेन्टम घटेको छ। सिग्नल लाइन आज थोरै माथितर्फ बढ्न थालेको देखिन्छ। +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल गईरहेको छ। आज – १४ डिएमआई लाइन तल फर्किने मोमेन्टम घटेको छ जसले बजारमा केही बिक्री बढेको जनाउँछ।
४. क्यान्डलस्टिक
आज नेप्सेले डोजीजस्तै क्यान्डल बनाएको छ जसले बजारको कुनै निश्चित दिशा नभएको सङ्केत गर्छ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन -५०६३ देखि घटेर -५१७१ मा आएको छ। नेप्सेको कुल भोल्युम २७२२०४६ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(२९७००१८) को ९२ प्रतिशत देखिएको छ।
नेप्से आज लोवर ब्याण्ड भन्दा माथि २२२३.७८ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल -५३.४० मा आएको छ र सिग्नल लाईन पनि जिरो लाइन भन्दा तल -५५.९० मा देखिएको छ भने हिस्टोग्राम हिजोभन्दा बढेर २.५० मा पुगेको छ जसले बजारमा खरिदकर्ता र बिक्रीकर्ताबीच होडबाजी चलेको बुझ्न सकिन्छ।
+१४ डिएमआई लाइन केही तल फर्किएको छ र -१४ डिएमआई लाइन तलतिर निरन्तर गईरहे पनि आज मोमेन्टम घटेको छ। सिग्नल लाइन आज थोरै माथितर्फ बढ्न थालेको देखिन्छ। +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल गईरहेको छ। आज आरएसआइ ३९.०५ बाट घटेर ३७.४१ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम घटेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २१९० को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २२८० को एरिया रहेको देखिन्छ।#nepsetech
Comments