जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडमा इन्जिनियर र अफिसरको लागि रोजगारीको अवसर
जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडमा रिक्त पदहरू खुला प्रतिस्पर्धा र करार सेवा मार्फत् पदपूर्ति गर्ने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । विज्ञापन यस प्रकार रहेको छ :
अनुभव र योग्यता
८ औं स्तर को लागी
मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा चार वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ ।
७ औं स्तर को लागी
मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा चार वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ ।
नोट
उपरोक्त योग्यता पुरा गरेका इच्छुक नेपाली नागरिकले (२१ वर्ष पूरा गरेको र ४५ वर्ष ननाघेको) आवश्यक विवरणसहित कम्पनीको इमेल ठेगाना वा नयाँ बानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन पर्नेछ । विना प्रक्रिया, म्याद नदिई वा निवेदनसँग आवश्यक कागजात संलग्न नगरी पेश गरेको निवेदन उपर कुनै कारबाही गरिने छैन ।
Comments