नेप्सेमा उपकार लघुवित्तको आइपीओ सूचिकृत, कतिमा होला पहिलो कारोबार ?
नेप्सेमा उपकार लघुवित्त वित्तीय संस्थाको आइपीओ सूचिकृत भएको हो । कम्पनीको ६ लाख ५६ हजार २५० कित्ता आइपीओ सूचिकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज ४०३ रुपैयाँ ९१ पैसा देखि १ हजार २११ रुपैयाँ ७३ पैसा तोकेको छ ।
कम्पनीको सूचिकृत सेयर शुक्रवारदेखि दोस्रो बजारमा कारोबार हुनेछ । नेप्सेले कम्पनीको प्रतिसेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीको सिम्बोल युएलबिएसएल रहेको छ।
कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको २ लाख ३६ हजार २५० कित्ता र कम्पनीका संस्थापकहरुको लगानी गरेको ४ लाख २० हजार कित्ता सहित कुल ६ लाख ५६ हजार २५० कित्ता सेयर सूचिकृत गरेको हो।
Comments