नेप्सेमा बन्यो इन्भर्टेड ह्याम्मर क्यान्डल, बुलिश रिभर्सलको सङ्केत !

आज बुधबार १४.३७ अंकले बढेर ०.६५% वृद्धिको साथ नेप्से परिसूचक २२३१.५७ अंकमा बन्द भएको छ। कारोबार भएका २२६ कम्पनीमध्ये १४८ कम्पनी उकालो लागेका छन्, ३९ कम्पनी ओरालो लागेका छन् भने ५ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

बजार पुँजीकरण बढेर ३१ खर्ब ७४ अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: May 25, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः२५४) जसले बजारमा भोलाटाइलिटी बढेको  इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड भन्दा माथि २२३१.५७ मा बन्द भएको छ। आज बजारमा बिक्री कम भई केही खरिद बढेको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन बढेर जिरो लाइन  भन्दा तल  -५६.९० मा आएको  देखिन्छ। हिस्टोग्राम बढेर पोजेटिभ ०.११ मा आएको छ। एमएसिडी लाइनले  माथिबाट तल घुमेर सिग्नल लाइनलाई क्रस गरेर पुन: माथि जान आँटेको छ।  सिग्नल लाइन बढेर जिरो लाइन भन्दा तल  -५७.०१ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज बिक्रीको मोमेन्टम घटेको र केही खरिद बढेको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन माथितिर फर्किएको छ भने  -१४ डिएमआई तलतिर फर्किएको  छ।  सिग्नल लाइन आज माथितर्फ बढ्न थालेको देखिन्छ र +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल गएको थियो। आज उक्त लाइन तलबाट पुन: माथि जान लागेको देखिन्छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा केही खरिद बढेको जनाउँछ।

४. क्यान्डलस्टिक

आज नेप्सेले बुलिश इन्भर्टेड ह्याम्मर क्यान्डल बनाएको छ जसले  बुलिश रिभर्सलको सङ्केत गर्छ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: May 25, 2022

क्युमुलेटिभ एडी लाइन  -५१९७ देखि बढेर -५०८८ मा आएको छ। नेप्सेको कुल भोल्युम २३०१००५ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(३११४९५१)  को ७४ प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्ड  भन्दा माथि २२३१ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल -५६.९० मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन भन्दा तल -५७.०१ मा देखिएको छ  भने हिस्टोग्राम हिजोभन्दा बढेर ०.११ मा पुगेको छ जसले बजारमा खरिद बढेको  बुझ्न सकिन्छ।

+१४ डिएमआई लाइन माथितिर फर्किएको छ भने  -१४ डिएमआई तलतिर फर्किएको  छ।  सिग्नल लाइन आज माथितर्फ बढ्न थालेको देखिन्छ र +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल गएको थियो। आज उक्त लाइन तलबाट पुन: माथि जान लागेको देखिन्छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा केही खरिद बढेको जनाउँछ। आज आरएसआइ ३५.४९ बाट बढेर ३७.७६ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम बढेको जनाउँछ र नेप्से ‘ओभर सोल्ड’ जोनबाट निस्किसकेको देखिन्छ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २१७० को एरिया देखिन्छ भने नेप्सेको नजिकको  अवरोध २२८० को एरिया रहेको देखिन्छ।#nepsetech

Comments

Back to top