नेप्से इन्ट्राडे अपडेट: २५.६१ अंकको वृद्धि  !

आज बुधबार नेप्से बजार केही बढेको छ।

१ बजेसम्म नेप्से परिसूचक २२४० को नजिक आएको छ। २५.६१ अंकले बढेर नेप्से परिसूचक २२४२.८१ मा आएको हो । आज २ घण्टामा मात्र ४८ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा अपर तामाकोशी हाइड्रोपावर कम्पनी रहेको छ जसको ५.७२% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा कर्पोरेट डेभलपमेन्ट बैंक रहको छ जसले ६.०६% गुमाएको छ । #नेप्से इन्ट्राडे

Comments

Back to top