नेप्सेमा बन्यो डोजी क्यान्डल, बजारको निश्चित दिशा देखिएन !
आज मंगलबार १६.३२ अंकले बढेर ०.७४% वृद्धिको साथ नेप्से परिसूचक २२१७.१९ अंकमा बन्द भएको छ। कारोबार भएका २२४ कम्पनीमध्ये १४९ कम्पनी उकालो लागेका छन्, ३८ कम्पनी ओरालो लागेका छन् भने ५ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका २ उप-समुहबाहेक अरु सबै उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
बजार पुँजीकरण बढेर ३१ खर्ब ५४ अर्ब पुगको छ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः२४७) जसले बजारमा भोलाटाइलिटी बढेको इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड भन्दा माथि २२१७ मा बन्द भएको छ। आज भने बजारमा बिक्री कम भई केही खरिद बढेको देखिन्छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन घटेर जिरो लाइन भन्दा तल -५८.२१ मा आएको देखिन्छ। हिस्टोग्राम घटेर नेगेटिभ १.१७ मा आएको छ जुन हिजो भन्दा सानो बनेको छ। एमएसिडी लाइनले माथिबाट तल घुमेर सिग्नल लाइनलाई क्रस गरेर सिधा भएको छ। सिग्नल लाइन घटेर जिरो लाइन भन्दा तल -५७.०४ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज बिक्रीको मोमेन्टम घटेको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन तलतिर फर्किएको छ भने -१४ डिएमआई पनि तलतिर नै फर्किएको छ। सिग्नल लाइन आज माथितर्फ बढेको छ र +१४डीएमआई लाइनले सिग्नल लाइनलाई क्रस गरेर तल गएको देखिन्छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा केही खरिद बढेको जनाउँछ।
४. क्यान्डलस्टिक
आज नेप्सेले बुलिश डोजी क्यान्डल बनाएको छ जसले बजारको कुनै निश्चित दिशा नभएको जनाउँछ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन -५३०८ देखि बढेर -५१९७ मा आएको छ। नेप्सेको कुल भोल्युम २२६१८२४ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(३१४७०५५) को ७२ प्रतिशत देखिएको छ।
नेप्से आज लोवर ब्याण्ड भन्दा माथि २२१७ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल -५८.२१ मा आएको छ र सिग्नल लाईन पनि जिरो लाइन भन्दा तल -५७.०४ मा देखिएको छ भने हिस्टोग्राम हिजोभन्दा घटेर -१.१७ मा पुगेको छ जसले बजारमा खरिद घटेको बुझ्न सकिन्छ।
+१४ डिएमआई लाइन तलतिर फर्किएको छ भने -१४ डिएमआई पनि तलतिर नै फर्किएको छ। सिग्नल लाइन आज माथितर्फ बढेको छ र +१४डीएमआई लाइनले सिग्नल लाइनलाई क्रस गरेर तल गएको देखिन्छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा केही खरिद बढेको जनाउँछ।। आज आरएसआइ ३२.९१ बाट बढेर ३५.४९ मा पुगेको छ आरएसआइको मोमेन्टम बढेको जनाउँछ र नेप्से ‘ओभर सोल्ड’ जोनबाट निस्किन आँटेको देखिन्छ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २१७० को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २२८० को एरिया रहेको देखिन्छ।#nepsetech
Comments