प्रिओपन सेसनमा ६.१७ अङ्कको वृद्धि !
आज सोमबार प्रिओपन सेसनमा नेप्से ६.१७ अंकले बढेको छ।
गत हप्ता भारी अंकले घटेर २२३५ अंकमा बन्द भएको नेप्से आज प्रिओपनमा २२४१.२६ मा खुलेको हो। करिब ३२१ कित्ता सेयरको खरिदबिक्री हुँदा मात्र १ लाख ६० हजार बराबरको कारोबार भएको छ।
यस्तै, आजको टप गेनरमा ग्लोबल आईएमई बैंक रहेको छ जसको खरिदबिक्री २% मूल्य बढेर भएको देखिन्छ। आज प्रिओपन सेसनमा १५ कम्पनीको खरिदबिक्री हुँदा ९ कम्पनीको बढेर कारोबार भएको छ।#premarket
Comments