अपि पावरको हकप्रद सेयर बाँडफाँड, ४ लाख ५२ हजार कित्ता लिलामीमा आउने
अपि पावर कम्पनी लिमिटेडले हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले चैत १३ गतेसम्म कायम सेयरधनीहरुका लागि जारी भएको उक्त हकप्रद सेयर खरिदका लागि तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई जेठ ५ गते बाँडफाँड गरेको जनाएको छ ।
कम्पनीका अनुसार रितपूर्वक आवेदन दिने १ लाख १३ हजार १५३ जनालाई १ करोड ४ लाख ७ हजार ८१५ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो ।
बाँडफाँडमा नपरेको हकभन्दा बढी सेयर माग गर्ने आवेदकहरुको हकप्रद सेयर वापतको रकम जेठ ९ गतेदेखि फिर्ता भुक्तानी गर्ने कम्पनीले जनाएको छ । कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीलेको ४ लाख ५२ हजार १८५ कित्ता हकप्रद सेयर लिलामीमा आउने भएको छ । कम्पनीले चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद सेयर जारी गर्दा वितरण हुन नसकेको उक्त सेयर लिलामी मार्फत बिक्री गर्ने जनाएको छ ।
अवितरित हकप्रद सेयर समेत बाँडफाँड पछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार पुग्ने बताईएको छ ।
Comments