नेप्सेको साप्ताहिक प्राविधिक विश्लेषण, आगामी दिनमा के होला ?

गत साता ५% ले बढेको नेप्से यो साता भने ४.९% ले घटेको छ। यस साताको पहिलो कारोबार दिन सोमबार २३५० को बिन्दुमा खुलेको नेप्से २३८८ को उच्च  बिन्दु सम्म पुगेर पुनः ओरालो यात्रा सुरु गरेको हो।  नेप्से यस साता  करिब ११५ अंक गुमाउन पुग्यो। दोस्रो कारोबार मंगलबार नेप्से भारि अंक ८४ ले गिरावट आएको थियो भने अन्तिम दिन शुक्रबार १५ अंक घटेर २२३५ मा बन्द भएको छ। अत्यन्त न्युन कारोबार करिब ९३ करोड मात्र को खरिदबिक्री गरेको नेप्से पहिलो शुक्रबारको कारोबार थियो।  

साताभरिमा १३ उप-समुहहरु सबै ओरालो लागेका छन् ।

यस साताको टप गेनर्स (Top Gainers)

यस साताको टप लुजर्स (Top Losers)

यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Units )

टप ब्रोकर

प्राविधिक विश्लेषण

अघिल्लो साता बुलिस  क्यान्डल बनाउदै उकालो  लागेको नेप्से यस साता भने बियरिश माराबोजु क्यानडल बनाएको देखिन्छ। यस साताको क्लोजिंगले लोवर ब्याण्ड भन्दा माथि क्लोज गरेको छ तर ब्याण्ड भने फराकिलो हुँदै गएको देखिन्छ जसले बजारमा उतारचढाव बढी भएको  जनाउँछ। एमएसिडि लाइन जिरो लाइन भन्दा तल -११२ मा आएको छ जहाँ अघिल्लो साता -१०२ मा थियो र हिस्टोग्राम पुनः तलतिर बढेको छ जसले सेलिङ्ग बढेको देखाउँछ ।  सिग्नल लाइन पनि जिरो लाइन भन्दा तल -७६ मा आएको छ। -१४ डिएमआई लाईन +१४ डिएमआई लाईन भन्दा माथि रहेको देखिन्छ तर तलतिर फर्किएको छ। -१४डीएमआई लाइन निरन्तर तल लागिरहेको छ जसले खरिदकर्ता कम भएको बुझाउँछ। आरएसआइ ४० बाट घटेर ३६ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम घटेको देखिन्छ ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २२०४ को लेभल हुन्छ भने  नेप्सेको आगामी दिनको अवरोध २३९० को लेबल हुन आउँछ।

Comments

Back to top