Title of the document
Demo

असार १६,बुधवार, २०७८ (काठमाडौं)

‘ग्यालेक्सी एम–५१’को सफलतापछि अब सामसङ नयाँ फोन ‘ग्यालेक्सी एम–५२ ५–जी’को उत्पादनमा लागेको छ।

चिनियाँ टेक अखबार जिकमोचाइनाका अनुसार ‘ग्यालेक्सी एम–५२ ५–जी’मा स्न्यापड्रागन ७७८–जी चिपसेट प्रोसेसर प्रयोग भएको छ। यो स्मार्टफोनमा तीनवटा क्यामरा हुनेछ, जसमा मूख्य क्यामरा ६४ मेगापिक्सलको छ भने बाँकी दुई १२ मेगापिक्सलको अल्ट्रावाइड लेन्स र ५ मेगापिक्सलको म्याक्रो क्यामरा हुनेछ। फोनको अगाडीपट्टि भने ३२ मेगापिक्सलको सेल्फी क्यामरा हुनेछ।

‘ग्यालेक्सी एम–५२ ५–जी’ कालो, सेतो र निलो गरेर तीनवटा रङमा उपलब्ध हुने जिकमोचाइनाले बताएको छ। यसमा सात हजार एमएएच ब्याट्री पावर हुने अनुमान छ।

Share.

Leave A Reply