Title of the document
Demo

असार २४, बिहिवार, २०७८ (काठमाडौं)–

बंगलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिक टन युरिया मल नेपाल आइसकेको छ। सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार  सो परिमाणको युरिया मल नेपाल आइपुगेको हो।

नेपालमा लगभग बर्सेनि पाँचदेखि छ लाख मेट्रिक टन रासायनिक मल खपत हुन्छ । सरकारी तथ्याङ्कअनुसार सबै बालीका लागि नेपाललाई ११ लाख मेट्रिक टन मल चाहिन्छ तर खुला सीमाका कारण किसानले केही मल आफैं ब्यबस्था गर्दछन् । त्यसैले औपचारिक रूपमा करिब पाँच लाख मेट्रिक टन मलले काम चलिरहेको अवस्था छ।

मलको तत्कालीन अभाव टार्न सरकारले  भारतबाट पनि जीटुजी सम्झौताबाटै ल्याउने तयारी गरिरहेको छ । यसका साथै मलको कारखाना खोल्ने कुरा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमै राखेको छ। 

Share.

Leave A Reply