Title of the document
Demo

असार २१, सोमवार, २०७८ (काठमाडौं)–

बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आगामी आर्थिक वर्ष ०७७/७८ बाट हेटौँडामा अध्ययन–अध्यापन हुने गरी आज प्रधानमन्त्री केपी ओलीले शैक्षिक कार्यक्रमको शुभारम्भ गर्नु भएको छ।

भर्चुअल माध्यमबाट कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा अझै दक्ष जनशक्तिको अभाव कायम रहेको बताउनुभयो ।

दक्ष जनशक्ति उत्पादनका लागि प्रतिष्ठान सहयोगी हुने प्रधानमन्त्रीको भनाइ छ । प्रदेशस्तरमा नै यस्तो प्रयास हुनु महत्वपूर्ण उपलब्धि भएको धारणा राख्दै शिक्षा क्षेत्रमा गरिएको लगानी अर्थहीन हुन नहुने बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो ‘हामीले शिक्षा क्षेत्रमा निकै ठूलो लगानी गरेका छौँ । यसको प्रतिफल पनि देखिएको छ। गुणस्तरीय शिक्षा विकासमा सरकारले ध्यान दिनेछ । प्रतिष्ठानले पनि गुणस्तरीय शिक्षा दिने विषयमा कुनै सम्झौता गर्नुहुन्न ।’

प्रतिष्ठानले फार्मेसी, जनस्वास्थ्य र मेडिकल ल्याब टेक्नोलोजीका लागि मेडिकल काउन्सिलबाट सम्बन्धन प्राप्त भएस“गै  शैक्षिक कार्यक्रम सुरु गरेको हो ।

Share.

Leave A Reply