Demo

बागमती प्रदेशका लागि नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको रौनक यतिबेला चलिरहेको छ । महाधिवेशनका लागि शैक्षिक संस्थाहरु प्रयोग गर्नु कुनै नौलौ कुरा हैन । बेलाबखत शैक्षिक क्षेत्रलाई पार्टीको अखडा बनाउने काम भइरहेको छ । 

त्यस्तै गतिविधि वन विज्ञान अध्ययन संस्थान, हेटौडामा यतिबेला भईरहेको छ । उक्त संस्थानलाई पार्टीको अधिवेशनका लागि प्रयोग गरिएको छ । 

यतिबेला कृषि तथा वन विज्ञानको पठनपाठनलाई ठप्प पारेर कांग्रेसले आफ्नो अधिवेशन कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । 

तीन दिन देखी भइ रहेको अधिवेशनले गर्दा पठनपाठन पूर्ण रुपमा ठप्प छ । शिक्षक तथा कर्मचारीहरु पार्टीका गतिविधिमा उपस्थित हुने मात्र नभई स्वयंसेवक समेत भएर काम गर्ने गरेका छन् भने यता विद्यार्थीहरुको पढाई मात्र रोकिएको छैन कृषि तथा वन विज्ञान संकायको स्नातकोत्तर तहको भईरहेको परीक्षा समेत प्रभावित भएको छ । विद्यार्थीहरु भाषण र गीत सुन्दै परीक्षा दिनुपर्ने अवस्था छ । यता क्याम्पस प्रशासन भने उल्टै अधिवेशनको प्रचार प्रसारमा लागेको छ । क्याम्पस प्रमुख विदामा रहेको र कार्यवाहक पनि नछाडेकाले विद्यार्थीहरुले आफ्नो गुनासो राख्ने ठाउँ समेत पाएका छैनन् । 

नेपाली कांग्रेस जस्तो प्रमुख पार्टीले यस्तो कार्य गर्नु निकै निन्दनीय र अनैतिक देखिन्छ । शैक्षिक संस्थानहरुमा यस्ता गतिविधिहरुलाई निरन्तरता दिई रहने हो भने शैक्षिक संस्थाबाट विद्यार्थी पैदा नभई राजनीतिक दलका कार्यकर्ताहरु मात्र उत्पादन हुने देखिन्छ । त्यसैले यस्ता कार्यहरुलाई बन्द गरी शैक्षिक संस्थालाई स्वतन्त्र हिसाबले शैक्षिक गतिविधि गर्न पाउने वातावरण सिर्जना गर्न सरोकारवालाहरुले ध्यान दिनुपर्ने देखिन्छ।

Share.

Leave A Reply