Demo

तीन सय दुई जना अवैध आप्रवासीहरूलाई समुद्रबाट उद्धार गरी लिबिया फर्काइएको शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले शुक्रबार बताएका छन्।

एजेन्सीले एक ट्वीटमा  उल्लेख गरिएअनुसार “तीनवटा अपरेशनहरूमा ३०२ व्यक्तिहरूलाई हिजो राती समुद्रमा रोकिएको र उद्धार गरिएको थियो साथै उनीहरूलाई त्रिपोली र जावियामा अवतरण गरिएको थियो।”

तीमध्ये ५० महिला र २२ बालबालिका थिए, युएनएचसीआर र अन्तर्राष्ट्रिय रेडक्रसले ती उद्दार गरिएकाहरूलाई चिकित्सा सहायता र राहत सामग्री उपलब्ध गराएको बताएको छ।

लिबियाले २०११ मा दिवङ्गत नेता मुअम्मर गद्दाफीको पतनपछि असुरक्षा र अराजकताको सामना गरिरहेको छ । जसले उत्तर अफ्रिकी देशलाई भूमध्यसागर पार गरी युरोपेली किनारहरूमा जान चाहने गैरकानुनी आप्रवासीहरूका लागि प्रस्थानको रोजाइको बिन्दु बनाएको छ।

ती केन्द्रहरू बन्द गर्न बारम्बार अन्तर्राष्ट्रिय दबाबका आइरहेको छ।-रासस

Share.

Leave A Reply