Title of the document
Demo

असार ३१, बिहिवार, २०७८ (काठमाडौं)–

कोभिड-१९ का कारण सरकारले चालु आर्थिक वर्षमा राखेको राजस्व लक्ष्य नभेट्ने भएको छ। निषेधाज्ञाका कारण आर्थिक क्रियाकलापमा संकुचन आएकाले राजस्व लक्ष्य पूरा नहुने भएको हो।

सरकारले चालु वर्ष ९ खर्ब १२ अर्ब राजस्व उठाउने लक्ष्य लिएको थियो। महालेखा नियन्त्रकको तथ्यांक अनुसार असार २९ गतेसम्म सरकारले ८ खर्ब ३५ अर्ब राजस्व संकलन भएको छ।

यो वर्ष आन्तरिक राजस्व संकलनको लक्ष्य पुरा नहुने देखिएको छ। चालु वर्षमा भन्सार विभागले ४ खर्ब ४० अर्ब र आन्तरिक राजस्व विभागले ४ खर्ब ५० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। आन्तरिक राजस्व तर्फ ठूला कम्पनीले तिर्ने आयकर गत वर्षको तुलनामा कम दाखिला भएका छन्। व्यावसाय गर्ने मुख्य सिजनमा नै कोभिडको दोस्रो लहर फैलिएपछि कम्पनीहरुको आम्दानी खस्केको हो।

यस्तै मूल्य अभिवृद्धि कर भ्याटमा पनि लक्ष्य अनुसार असुल हुन सकेको छैन। अन्त:शुल्क शीर्षकको राजस्व संकलनमा पनि लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको राजस्व विभागले जनाएको छ। -एजेन्सी

Share.

Leave A Reply