Demo

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा अमरसिंह पुन निर्वाचित भएका छन् । आइतबार सम्पन्न  निर्वाचनबाट उनले  ८६७ मत प्राप्त गरेका थियो ।  उनका निकटतम प्रतिद्वन्द्वी भरतकुमार शाहले ७६७ मत प्राप्त गरेका निर्वाचन अधिकृत डा. बुद्धबहादुर थापाले जानकारी दिए ।  उनका अनुसार निर्वाचमा एकहजार ६३१ मत खसेको थियो ।  

नवनिर्वाचित पुन रोल्पाका काग्रेस नेता छन् भने शाह प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिका सभापति छन् । यसैगरी उपसभापतिद्वयमा राजु खनाल र भुवनप्रसाद श्रेष्ठ, महामन्त्रीद्वयमा विक्रम खनाल र सुरेन्द्र आचार्य, सहमहामन्त्री त्रयमा विष्णु मुस्कान, खगराज पाण्डे र निमा गिरी  विजयी भएका छन्।-रासस

Share.

Leave A Reply