Title of the document
Demo

शुक्रबार । गत साता १.५६% ले घटेको नेप्से यस साता चाँही ३.१२% ले घटेको छ। साताको पहिलो दिन आइतबार २६४४.४२ को विन्दुमा खुलेको नेप्से, यो साताको अन्तिम कारोबार दिन बुधबारसम्म ८२.४२ अंकले घटेर २५५६.९६ को विन्दुमा बन्द भएको छ। बुधबारको कारोबार रकम रु २.६ अर्ब तथा साता भरिमा १३.५५ अर्बको रहेको छ। 

यस साता कारोबार भएका तेह्र उप-समुहमध्ये २ उप-समुहको सेयर मुल्य उकालो लागेका छन् भने ११ उप-समुहको सेयर मुल्य ओरालो लागेका छन् ।

टप गेनर्स:

टप लुजर्स:

प्राविधिक विश्लेषण

NEPSE weekly updated : 10-17-2021 to 10-21-2021

बोलिन्जर ब्याण्डः

बोलिन्जर ब्याण्ड विश्लेषणले यो हप्ता भोलाटिलिटि बढ्दै गएको देखाएको छ।अपर र लोअर ब्याण्डको अन्तर ६३३.६३९२ बाट बढेर ७०३.७८३८ पुगेको छ। गत साता लोअर ब्याण्ड भन्दा केहि अङ्क माथी बन्द भएको नेप्से यो साता चाहि लोअर ब्याण्ड नजिक बन्द भएको छ। यो साता लोवर ब्याण्ड देखी तल सम्म पुगेको नेप्से, लगानिकर्ता हरुको केही बाइङ प्रेसर आएर  लोअर ब्याण्डको(२५४३.०४५६) नजीक नेप्सेले सपोर्ट लगेर २५५६.९६ को बिन्दुमा बजार बन्द भएको विश्लेषणले देखाउछ। 

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स(एमएसिडी):

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडी लाईन र सिग्नल लाईन जेरो भन्दा माथि रहेको देखाएको छ।  यी बिचको फरक ७४.१७३४ बाट बढेर ७८.३०२१ पुगेको छ। यो साता हिस्टोग्राम बढेको हुनाले डाइभर्जिङ दिशामा जान खोजेको इङ्गित गर्दछ ।

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरः

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले भने गत साता भन्दा यो साता +१४ डिएमआई लाईन १.७३८२ अङ्कले घटेको देखिएको छ भने -१४ डिएमआई लाईन ४.११०९अङ्कले बढेको देखिएको छ। एडिएक्स लाईन भने ३४.७२०१ अंकबाट घटेर ३४.०६९३ पुगेको छ। +१४ डिएमआई लाईन र -१४ डिएमआई लाईन यस साता डाइभर्जिङ दिशामा जान खोजेको देखिन्छ जस्ले नेप्सेमा अझै केही डाउनसाइड मुमेन्टम रहेको इङ्गित गर्दछ।

ब्रोकर बिश्लेषण

Share.

Leave A Reply