Title of the document
Demo

निराजन सापकोटा,

हाल नेपालमा ४५ लाख भन्दा धेरै डिम्याट खाताहरु खुलेका छ्न्। ती मध्ये २२-२३ लाख डिम्याट खाता बाट आइ.पी.ओ भर्ने गरेको देखिन्छ । आवेदक संख्या धेरै तर शेयर संख्या थोरै भएको खण्डमा नेपाल धितोपत्र बोर्डको नियम अनुसार आवेदकले कम्तिमा १० कित्ता शेयर गोलाप्रथा विधी बाट पाउने व्यवस्था  छ ।

 कसरी हुन्छ गोला प्रथा प्रकृया ?

मानौ आइ.डी कम्पनीले ८० लाख कित्ता शेयर निस्कासन गरेको छ र आवेदक संख्या २० लाख छ ।

 सि.डि.एस.सि ले सबै भन्दा पहिला डाटा राख्छ जुन जस्ले पहिला आवेदन दिन्छ उनीहरुको क्रमश: नाम र डिम्याट रेकर्ड बस्छ । 

उदाहरणको लागि यहाँ २० जना आवेदकको क्रमशः  नाम, डिम्याट नं. र आफुले किन्न चाहेको शेयर  कित्ता छ  ।

त्यसपछि सिरियल नम्बरलाई ७ डिजिट नं मा रुपान्तरण गरिन्छ । प्रत्येक सि.नं को अगाडी सुन्ना थप्दै जाने जब सम्म ७ डिजिट पुग्दैन । ७ डिजिटमा गर्नुको कारण १० लाख भन्दा धेरै आवेदक भएको हुनाले हो । यदि ८ लाख आवेदक भएको भए ६ डिजिटमा गरिन्थ्यो । 

७ डिजिटमा रुपान्तरण गरेपछि त्यसलाई रिभर्स गरिन्छ ।

रिभर्स गरेको डाटालाई बड्दो क्रममा (एसेन्डिङ अर्डर) मा राखिन्छ र नयाँ सि.नं राखिन्छ ।

 यसरी एसेन्डिङ अर्डरमा राखेपछि नयाँ सि.नं मा नाम फेरिएर आउछ । समिक्क्षाको सि.नं २ थियो अहिले ५ भएको छ भने सपनाको ११ थियो ४ भएको छ ।

अब गोलाप्रथा हुन्छ बलमा नम्बरहरु लेखेर एउटा बक्सामा राखिएको हुन्छ र त्यहाँ उपस्तिथ सबै जना को अगाडी बल टिपिन्छ। यदि ३ नं बल आयो भने पुजाले १० कित्ता पाउने छ्न्‌। अब स्किप भ्यालु निकाल्नु पर्ने हुन्छ ८० लाख कित्ता को लागि २० लाखले आवेदन दिएका छन्। नेपाल धितोपत्र बोर्डको नियम अनुसार आवेदकले कम्तिमा १० कित्ता शेयर पाउने छन् । ८० लाखलाई १० ले भाग गर्दा ८ लाखले १० कित्ताका दरले शेयर पाउने छन् । स्किप भ्यालु २० लाख लाई ८ लाखले भाग गर्दा २.५ अर्थात २.५ जनामा १ जनाले १० कित्ता शेयर पाउने छन् ।  अब ३ मा २.५ स्किप भ्यालु जोडदा ५.५ आउछ अगाडीको अकंलाई मानेर गर्दा ५ सि.नं समिक्क्षाले १० कित्ता पाउने देखियो अनि ५.५ मा २.५ स्किप भ्यालु जोडदा ८ सि.नं आउछ जुन अर्जुनले १० कित्ता पाउने देखिन्छ । यसरीनै क्रमश: २.५  स्किप भ्यालु जोड्दै जाँदा आउने सि.नं ले १० कित्ताका दरले शेयर पाउछन । 

यसरी आइ.पी.ओ बाँडफाँड हुन्छ । यस प्रकृयामा डिम्याट नं,आवेदन समय , आवेदन संख्या यी कुनै कुराले आइ.पी.ओ पर्ने नपर्ने निर्धारण गर्दैन । यो सबै प्रकृया कम्प्युटर बेस भएको हुनाले कुनै किसिमको हिनामिना गर्न मिल्दैन ।

Share.

Leave A Reply