Title of the document
Demo

श्रावण-५, २०७८ मगंलबार, (एजेन्सी)–

ईराकी राजधानी बगदादको  एउटा भीडभाडयुक्त बजारमा सडक बम विस्फोट हुँदा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको छ भने ठुलो संख्यामा घाईते भएको खबर छ।

इराकका सैन्य अधिकारीका अनुसार यो हमला सोमबार सदर शहरको वेहिलात बजारमा भएको जनाईएको छ। अहिलेसम्म कसैले पनि उक्त विस्फोटको लागि जिम्मेवारी लिएको छैन,  यद्यपि आई एस आई एसले उक्त घटना गराएको हुनसक्ने आशंका ब्यक्त गरिएको छ।

इराकी सेनाको एक विज्ञप्तिका अनुसार प्रधानमन्त्री मुस्तफा अल-कधिमीले बजार क्षेत्रको सुरक्षाको लागि जिम्मेवार संघीय पुलिस रेजिमेन्टका कमाण्डरलाई पक्राउ गर्ने आदेश दिएका छन र घटनाको  विषयमा अनुसन्धान भइरहेको पनि विज्ञप्तिमा जनाईएको छ।

पूर्वी बग्दादको नजिकै घना जनसंख्या भएको यो बजारमा यो बर्ष मात्रै बम विष्फोट भएको तेस्रो पटक हो। एजेन्सी

Share.

Leave A Reply