Title of the document
Demo

असार १६,बुधवार, २०७८ (काठमाडौं)

सरल भाषामा हामीले स्वयंलाई कति नियन्त्रण गर्न सक्छौ भन्ने कुरा नै आत्म-अनुशासन हो। हरेक सफल मानिसमा प्रबल आत्मा अनुशासन रहेको हुन्छ।  सफलताको निम्ति यो अनिवार्य शर्त हो। प्रतिग्या गरे बमोजिमको कार्य नगर्नु अथवा जानाजान वा लापरवाही गरी तोकिएको समयमा कार्य सम्पन्न नगर्नु स्वयंलाई ठग्नु हो।

त्यस्तै गरी स्वयंमा नियन्त्रण नराखी गरिने असन्ख्य इच्छाहरुको विचार मनमा ल्याईरहनु पनि आत्मानुशासनको कमी हो। इच्छालाई धेरै ठाउमा बिकेन्द्रित गर्दा कुनै पनि  इच्छा प्रबल हुदैन। मानिसका इच्छाहरु धेरै हुन्छन तर केही पुरा हुन्छन त केही हुन सक्दैनन। मिठो खाने इच्छा ,नया लुगा लगाउने इच्छा,  शक्ति प्रदर्शन गर्ने इच्छा तथा अन्य बिभिन्न प्रकारका भोग गर्ने इच्छा मानिसमा एकै पटक रहेको हुन्छ।  यसो गर्दा मानिसको विचारको शक्ति धेरै तिर बाडिने हुन्छ। यसरी शक्ति बाडिएपछि कुनै पनि इच्छा सही ढंगले पुर्ती नहुन सक्छ।

असफल मानिसहरुको धेरै इच्छाहरु अतृप्त हुन्छन र जिबनभरी ती स-साना अतृप्त इच्छाहरु पुरा गर्दागर्दै उसको शक्ति क्षिण हुदै गएको पत्तो नै पाउदैन र अन्तत असफल जिन्दगी भोग्न बाध्य हुन्छ।

त्यसकारण मानिसले तत्कालका क्षणिक स-साना इच्छाको पछाडी भागेर जिन्दगी बर्बाद गर्नु भन्दा आफुलाई आत्म-अनुशासन राख्नु बुद्धिमानी हो।  यसो गर्नाले मानिसको उर्जाको बचत हुन गई उसले सो उर्जा आफ्नो दीर्घकालीन लक्ष्य प्राप्तिमा लगाउदै जिन्दगीमा सामृद्धि र सफलता  हासिल गर्न सक्छ।

Share.

Leave A Reply