पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।  बुधबार बसेको  सञ्चालक समितिको बैठकले डिजेलमा प्रतिलिटर ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको हो ।

इण्डियन आयल कर्पोरेशनबाट बुधबार पेट्रोलमा २.२४ र डिजेलमा ३.५५ रुपैयाँले मूल्य बढेर आएपछि मूल्य समायोजन गरिएको  निगमले जनाएको छ । बढाइएको मूल्य बुधबार रातिदेखि लागू हुने निगमले जनाएको छ ।

योसँगै अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३.५०, दोस्रोमा १५५ र तेस्रो १५६ रुपैयाँ भएको छ ।

एजेन्सी

Comments

Back to top