गर्भावस्थामा मखाना कति खाने र के के छन् फाइदा ?
गर्भावस्थामा महिलाले खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ। किनकी उनीहरुको आहारले पेटमा बढ्दै गरेको सानो शिसुलाई पनि असर गर्दछ ।
यस्तोमा गर्भवती महिलाले के खाने कसरी खाने थाहा नहुन पनि सक्छ । आज हामी मखानालाई गर्भावस्थाको बेला कति खाने र यसका फाइदाका बारेमा बताउनेछौं ।
मखानामा म्याग्नेशियम, आइरन, पोटाशियम र क्याल्सियम राम्रो मात्रामा पाइन्छ । यी सबै पोषक तत्व गर्भवती महिलाका लागि आवश्यक हुन्छन् ।
यसमा आवश्यक पोषक तत्व भरपूर रुपमा हुने भएकाले गर्भवती महिलाले निर्धक्क सेवन गर्न सक्छन् । मखानामा राम्रो मात्रामा प्रोटिन पनि हुने भएकाले यसले आमा तथा शिशुको दिमाग तथा नर्वस सिस्टमको विकासमा सहयोग गर्छ ।
गर्भावस्थाको बेला महिलाको शरीरमा हर्मोनल गडबडी हुने भएकाले पेट दुख्ने तथा वाकवाकी हुने समस्या देखिन्छ । यस्तोमा मखानाले पेटको दुखाईलाई पनि कम गर्न सहयोग गर्छ ।
मखानालाई पकाएर वा काँचो खान सकिन्छ । यदि तपाईंले चाहनुभयो भने यसमा थोरै घ्यू, नुन तथा मह मिसाएर पनि खान सक्नुहुन्छ । मखानालाई घ्यूमा भुटेर खाँदा स्वाद दुई गुणा बढ्छ ।
एजेन्सी
Comments