चिलिमे जलविद्युत कम्पनीको पुस २८ गते वार्षिक साधारण सभा

चिलिमे जलविद्युत कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।  यसपटक १२ प्रतिशत लाभांश वितरण गर्दैछ ।

जलविद्युतकम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो । चिलिमे जलविद्युतको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ ।

जलविद्युत कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनको लागि यसले पुस १६ गते बुक क्लोज गरिसकेको छ ।

यसर्थ, पुस १५ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । आर्थिक वर्ष २०७९/८० मा भने कम्पनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल १५ लाभांश वितरण गरेको थियो ।

एजेन्सी

Comments

Back to top