सप्तकोशी डेभलपमेन्ट बैंकको २२ हजार कित्ता शेयर बिक्रीमा

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको २२ हजार ८६० कित्ता शेयर बिक्रीमा राखेको छ । पहिलो चरणमा यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले माघ ३० गते कार्यालय सयमभित्र बैंकको कर्पोरेट कार्यालय, विराटनगर, मोरङमा निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयसीमाभित्र संस्थापकबाट पर्याप्त शेयर खरिद निवेदन नपरेमा उक्त शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।

एजेन्सी

Comments

Back to top